काठमाडौं, चैत ५। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई आज एक समारोहमा निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
निर्वाचन आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत ले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
प्रमाणपत्र वितरण कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नवनिर्वाचित सांसदहरूलाई निर्वाचन ऐन अध्ययन गरेर संशोधन तथा सुधार गर्ने हाे भने आउँदाे स्थानीय तहकाे चुनावमा सहज हुने बताएका थिए ।
कार्यक्रममा आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा लगायत आयोगका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
समानुपातिक प्रणालीतर्फ निर्वाचित सदस्यहरुलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान भएसँगै उनीहरूको संसदीय यात्रा औपचारिक रूपमा सुरु भएको आयोगले जनाएको छ।
More from NewaTimes
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment