१४ असोज २०८३, बुधबार

अविरल वर्षाले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध, नागढुङ्गादेखि कोशीसम्म सवारी आवागमन प्रभावित


अ
अ+
अ-

काठमाडौं, असोज १९ । अविरल वर्षाका कारण देशका धेरै राजमार्ग र सडकखण्डहरूमा पहिरो, सडक भासिन र बाढीका कारण आवागमन प्रभावित बनेको छ। नेपाल प्रहरीले दिएको ताजा विवरणअनुसार असोज १९ गते बिहान ९:३० बजेसम्म २० भन्दा बढी प्रमुख सडकखण्डहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काठमाडौं उपत्यकाबाट बाहिरिने नागढुङ्गा–गोदाम–टखेल मार्ग समेत दुबै तर्फका सवारी साधन हालसम्म होल्ड गरिएको छ। चन्द्रागिरि नगरपालिकाभित्रको विभिन्न नाकाबाट बाहिरिने सबै रूटहरू अर्को आदेश नआएसम्म बन्द रहने प्रहरीको सूचना छ।

पूर्वमा पनि अवस्था गम्भीर छ। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित बी.पी. र अरनिको राजमार्गमा धुलिखेलदेखि दोलालघाट हुँदै सिन्धुपाल्चोकको सीमासम्म दुबै तर्फी सवारी सञ्चालन रोकिएको छ। उक्त क्षेत्रका विभिन्न ठाउँमा पहिरो र सडक भासिनका कारण आवागमन असम्भव बनेको प्रहरीले जनाएको छ।

रसुवागढी नाका जोड्ने मितेरी पुलमा बाढीका कारण क्षति पुगेको र नेपाल–चीन व्यापारिक आवागमन पूर्ण रूपमा रोकिएको छ। त्यहाँका पासाङ ल्हामु राजमार्गका विभिन्न खण्डमा पनि सुख्खा पहिरोका कारण बाटो बन्द भएको छ।

पूर्वी नेपालमा पनि कोशी राजमार्गका संखुवासभाका बरुणखोला र एकुवा क्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेको छ। संखुवासभाको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि खाँदबारी–किमाथांका सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। विभागका अनुसार ती खण्डहरू वर्षा अवधिभर पुनः सञ्चालन गर्न कठिन देखिएको छ।

उता, वि.पी. राजमार्ग बिहीबारदेखि मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ। साथै, काभ्रेको रोशी गाउँपालिका–११ मा ढुंगा खसेर सो राजमार्ग दुबै तर्फी अवरुद्ध भएको छ।

अरनिको राजमार्गमा सडक भासिने समस्या दोहोरिँदै आएको छ। भोटेकोशी गाउँपालिका–४ चारकिलो क्षेत्रमा करिब १५ मिटर सडक भासिँदा राजमार्ग फेरि बन्द भएको छ। यसअघि साना सवारी चल्न थालेका थिए, तर शनिबार बिहानै बाटो पुनः बन्द भएको हो।

त्यस्तै, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड, कान्तिलोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडक, धादिङको पृथ्वी राजमार्ग, सिन्धुली र धनकुटाका मध्य पहाडी र कोशी लोकमार्गहरू पनि अविरल वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौं उपत्यकातर्फ जाने फाखेल–हुमाने–काठमाडौँ सडकखण्ड र मकवानपुरको सिस्नेरी बजार क्षेत्रमा समेत पहिरो र खोलाको बहाव बढ्दा बाटो बन्द भएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले यात्रु र चालकहरूलाई अनावश्यक यात्रा नगर्न, सम्भावित जोखिमयुक्त पहाडी सडकखण्डहरू प्रयोग नगर्न र सम्बन्धित स्थानीय प्रशासन वा प्रहरी कार्यालयको अद्यावधिक जानकारी लिएर मात्र यात्रामा निस्किन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्