वरिष्ट कार्टुनिष्टहरू ‘बराथा स्मृति सम्मान’बाट सम्मानित
काठमाडौं, साउन २६ । प्राविधिको विकास तथा एआई बढ्दो प्रयोगसँगै विकास भएको एनिमेशनलाई कार्टुनसँग जोडेर लैजान ढीला भइसकेको यहाँ आयोजित एक कार्यक्रममा बताइएको छ ।
नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा वरिष्ट कार्टुनिष्टहरूलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गर्न आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हात्र्मछालीले उक्त आवश्यकता औंल्याउँदै सम्भावना पनि अध्ययन गर्नुपर्ने बताए । आर्थिक स्रोतको कमीका कारण खासै कार्यक्रम गर्न नसकिएको बताएका कूलपतिले कार्टुनिष्ट क्लबले गर्दै आएका गतिविधिलाई स्थानीय तह तथा प्रदेशहरूमा विस्तार गर्न आग्रह गरे ।
नेपाल कार्टुनिष्ट क्लबले कार्टुनिष्ट बलराम थापाको स्मृतिमा स्थापना गरिएको ‘बराथा स्मृति सम्मान’ विगत एक दशकदेखि वरिष्ठ कार्टुनिष्टहरूलाई दिंंदै आएको छ । विगतमा ७ जनालाई सम्मानित गरिसकेको नेपाल कार्टुनिष्ट क्लबले यो पटक पाँचजना वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरेको छ । क्लबले यो सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै जाने कुरा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा क्लबका अध्यक्ष बासु क्षितिजले बताए । अध्यक्ष क्षितिजले कार्यक्रमा जानकारी गराए, ‘बराथा सधैं नेपाल कार्टुनिष्ट क्लबसँग जोडिएर रहन्छन् ।’
सम्मानित वरिष्ठ कार्टुनिष्टहरूमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहेका छन् । यी वरिष्ठ कार्टुनिष्टहरूको छोटो परिचय तल दिइएको छः
अशोकमान सिं

तानसेन, पाल्पामा जन्मिएका अशोकमान सिं नेपाली कार्टुन कलाका अग्रज चित्रकार, वरिष्ठ कलाकार र लेखकका रूपमा परिचित छन् ।
करिब चार दशकअघि कार्टुन यात्रामा प्रवेश गर्दै, उनले कामना प्रकाशनमा गाईजात्रा विशषोङ्कमार्फत नेपाली कार्टुनलाई जनस्तरमा लोकप्रिय बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।
कार्टुनिस्ट क्लब नेपालका संस्थापक अध्यक्षका रूपमा, अशोक नेपाली कार्टुनको संस्थागत विकासको आधार निर्माण गरे । राजनीतिक व्यग्ंयदेखि सामाजिक टिप्पणीसम्म अशोकका कार्टुनमा भेटिन्छन् ।
जीवन राजोपाध्याय

जीवन राजोपाध्याय नेपाली कार्टुन र चित्रकलाको क्षेत्रमा एक परिचित नाम हो । २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टुन यात्रा सुरु गर्दै, उनका रचनाहरू छलफल, ट्राभल नेपाल, दि राइजि ङ नेपाल लगायतका पत्रपत्रिकामा निरन्तर प्रकाशित भएका छन् । ती कार्टुनहरूले सामाजिक विसङ्गतिलाई चुट्किलो तर गहिरो दृष्टि कोणमा उतार्ने अद्वितीय शैली स्थापना गरेका छन् ।
समयको क्रममा, उनी कार्टुनको सक्रिय अभ्यासबाट बाहिरिएर समसामयिक चित्रकला, अमूर्त कला र अन्य सजृनात्मक विधातर्फ उन्मुख भए । नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएका राजोपाध्याय नेपाल आर्ट काउन्सिलका काउन्सिल मेम्बर रहँदै विभिन्न कलात्मक गतिविधिमा सलंग्न छन् ।
रविन सायमी

काठमाडौँमा जन्मिएका रविन सायमी नेपाली कार्टुनकलाका एक प्रतिष्ठित नाम हो । रविनले किशोरावस्थामैं दृष्टि साप्ताहिकबाट व्यावसायिक कार्टुन यात्रा आरम्भ गर्दै चार दशकभन्दा बढी समय कार्टुनमार्फत सामाजिक यथार्थ र राजनीतिक परिदृश्यलाई तीक्ष्ण व्यग्ंयका साथ अभिव्यक्त गर्दै आएका छन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनकालदेखि नै उनका कार्टुनहरू जनचेतना जगाउने माध्यमका रूपमा व्यापकता पाउँदैआएको छ ।
सायमिको नागरिक दैनिकमा चौध वर्षभन्दा बढी निरन्तर कार्टुन प्रकाशित हुँदै आएको छ, साथै रिपब्लिका लगायतका मिडियामा कला निर्देशकको भमिूमिका निर्वाह गर्दै आएका छन् । उनको कार्टुनमा उच्च राजनीतिक चेतना मात्रै होइन, स्पष्ट दिशा पनि पाइन्छ । कलाप्रति समपर्ण मात्र नभई सिद्धान्तप्रति अडान राख्ने व्यक्तित्वका रूपमा पनि उनी परिचित छन् । राज्यबाट प्रदान गरिएको ‘प्रवल जनसेवा श्री’ विभूषण अस्वीकार गर्दै, उनले कलाकारको सम्मान पारदर्शी मूल्य र मान्यतामा आधारित हुनु पर्ने स्पष्ट सन्देश दिएका थिए ।
राजेश केसी

राजेश केसी तीन दशकभन्दा बढी समयदेखि नेपाली कार्टुन पत्रकारिताको अग्रपंक्तिमा सक्रिय एक प्रतिाष्ठित नाम हो । सन् १९९१ मा दि राइजिङ नेपाल मार्फत आफ्नो कार्टुन यात्रा प्रारम्भ गरेका केसीले २०४९ सालमा कान्तिपुर दैनिकमा प्रवेश गर्दै व्यग्ंय र चित्रकलालाई सशक्त अभिव्यक्तिको माध्यम बनाए ।
कान्तिपुरमा ‘गज्जब छ बा’ र ‘फलानो’ (नागरिक) जस्ता चर्चित चित्र स्तम्भहरूमार्फत उनले समाज, राजनीति र जनजीवनका संवेदनशील विषयलाई तीक्ष्ण व्यग्ंयका साथ प्रस्ततु गरे । उनका सिर्जनाहरू दि काठमाडौं पोस्ट, नागरिक, रिपब्लिका, हिमाल, श्री सगरमाथा, सेतोपाटी, अन्नपूर्ण पोस्ट लगायतका राष्ट्रिय मञ्चमा मात्र सीमित छैनन् । उनको सृजना न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट, फार इस्टर्न इकोनोमिक्स टाइम्स, कार्टुन मुभमेन्टजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा समेत प्रकाशित भएका छन् । हाल उनी बाह्रखरीमा प्रवन्ध सम्पादकको रूपमा कार्यरत छन् । पत्रकारिता र कलासँगै उनले ट्राभल एजेन्सी र होटल एभरेष्ट भ्यूमा
व्यवस्थापनको अनुभव पनि हासिल गरेका छन् ।
अविन श्रेष्ठ

अविन श्रेष्ठ नेपाली कार्टुनकला क्षेत्रका एक सम्मानित सर्जक हुन् । तीन दशकभन्दा बढी समयदेखि कार्टुन माध्यममार्फत समाज, राजनीति र संस्कृतिप्रति गहिरो दृष्टि राख्दै आएका अविन, कार्टुनलाई केवल मनोरञ्जनको साधन होइन, विचार अभिव्यक्तिको सशक्त माध्यमको रूपमा प्रस्ततु गर्छन् ।
२०५० सालमा गोरखापत्रबाट कार्टुन यात्रा गरेका अविनको कार्टुन नेपाली टाइम्स, दृष्टि, राजधानी, समय, न्यूज फ्रन्ट, नागरिक, हिमाल खबरपत्रिका लगायत थुप्रै मिडियामा प्रकाशित छन् । हाल कान्तिपुर दैनिकमा ‘गज्जब छ बा !’ स्तम्भमार्फत आम नागरिकका आवाज चित्रमा उतार्दै आएका छन् । अविन श्रेष्ठको कलामा हास्य र व्यङ्ग्यको गहिरो सन्तुलन पाइन्छ । उनका रचनाहरूले सामाजिक विसगंति, राजनीतिक विडम्बना र नागरिक पीडालाई प्रभावकारी ढंगले उजागर गरेका हुन्छन् । उनका कार्टुन संग्रहहरू ‘बेस्ट अफ अविन’ भाग –१ र २ मा संग्रहित छन् ।
जसमा समकालीन इतिहासलाई कार्टुनको माध्यमले जीवित राख्ने प्रयास गरिएको छ । सिर्जनशील कार्टुनिस्ट मात्र नभई संस्थागत अभियन्ता पनि रहेका अविन श्रेष्ठको नेतृत्वमा कार्टुनिस्ट क्लब अफ नेपालले नयाँ उचाई हासिल गरेको छ । उनकै नेतृत्वमा तथा कार्टुनिस्ट क्लब अफ नेपालका पूर्व अध्यक्ष अविनको नेतृत्वमा ‘बराथा स्मृति सम्मान’ को स्थापना भएको हो । उनकै नेतृत्वमा ‘नेपाली क्यारिकेचर कार्यशाला’, ‘प्रतियोगिता’ र ‘प्रदर्शनी’ जस्ता कार्यक्रर्यमहरू संचालित भएका थिए ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment