काठमाडौं, साउन ४ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेपछि सम्पर्कविहीन भएका १७ जना महिला सकुशल फेला परेका छन्।
नेपाली सेनाका अनुसार साउन ३ गते निकुञ्जभित्र प्रवेश गरेका ती महिलासँग सम्पर्क विच्छेद भएपछि सोही रातिदेखि नेपाली सेना, निकुञ्ज प्रशासन तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो।
खोजी अभियानका क्रममा साउन ४ गते बिहान तीन जना महिलालाई निकुञ्जभित्रबाट सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ। बाँकी १४ जना महिला भने आफैं परिवारको सम्पर्कमा आएका छन्।
नेपाली सेनाले खोजी तथा उद्धार अभियानमा निकुञ्ज प्रशासनसँग समन्वय गरी संयुक्त रूपमा परिचालन गरिएको जनाएको छ। घटनामा सबै १७ जना महिला सकुशल फेला परेपछि खोजी अभियान सम्पन्न भएको छ।
More from NewaTimes
मन्त्रालय पुनर्संरचनापछि नयाँ स्थायी पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य
मन्त्रालय पुनर्संरचनापछि नयाँ स्थायी पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य...
बीपी स्मृति दिवसमा जलवायु जनचेतनामूलक कार्यक्रम, गगन थापाले नयाँ अभियान घोषणा गर्ने
बीपी स्मृति दिवसमा जलवायु जनचेतनामूलक कार्यक्रम, गगन थापाले नयाँ अभियान घोषणा गर्ने...
भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि ६६ स्थानीय तहमा अन्तिमपटक आवेदन आह्वान
भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि ६६ स्थानीय तहमा अन्तिमपटक आवेदन आह्वान...
मोबाइल फोनमार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनबारे प्राधिकरणमा छलफल
मोबाइल फोनमार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनबारे प्राधिकरणमा छलफल...
मदिरा नियन्त्रण नीति प्रभावकारी बनाउन वैज्ञानिक प्रमाणमा आधारित कानुन र बहुपक्षीय सहकार्य आवश्यक
मदिरा नियन्त्रण नीति प्रभावकारी बनाउन वैज्ञानिक प्रमाणमा आधारित कानुन र बहुपक्षीय सहकार्य आवश्यक...
भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध
भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment