३० असार २०८३, मंगलबार

नयाँ राहदानी प्रणाली सञ्चालनमा, प्रारम्भिक चरणमा अत्यावश्यक परेकाले मात्र आवेदन दिन विभागको आग्रह


अ+
अ-

काठमाडौं, असार २९ । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डाटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। विभागले आइतबार सूचना जारी गर्दै असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा आएको जानकारी दिएको हो।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयन तथा 'गो–लाइभ' भएपछि सुरुआती दिनमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक रहेको विभागले जनाएको छ।
यस्ता सम्भावित समस्यालाई समाधान गर्न विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू २४सै घण्टा 'स्ट्यान्डबाइ' अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा जुटिरहेको विभागले जनाएको छ। देखिएका समस्याको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको पनि सूचनामा उल्लेख छ।
विभागले नयाँ प्रणालीको सुरुआती चरणमा राहदानी अत्यावश्यक परेका सेवाग्राहीहरूले मात्र आवेदन दिन आग्रह गरेको छ। यसले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।
त्यस्तै, राहदानी सेवासम्बन्धी कुनै पनि सूचना विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन विभागले सबै सेवाग्राहीलाई अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह...

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह...

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा...

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?...

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ...

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्