१३ असार २०८३, शनिबार

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 


अ+
अ-

काठमाडौँ, असार १२। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । 
खोप प्रदान गर्दै कार्यवाहक प्रमुख सुनिताले भनिन्, ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेविज जोखिमको कुरा गर्दै भनिन्, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।’
खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले हामीले महानगरपालिकासँग सहयोग मागेका हौँ । खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले स्पष्ट पार्दै भने, ‘अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।’ 
माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको छ । डा. बास्तोलाको भनाइ थियो । 
अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो

तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो

तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो...

दर्ताविहीन १५ कन्सल्टेन्सीमा प्रहरीको छापा, १८ जना पक्राउ

दर्ताविहीन १५ कन्सल्टेन्सीमा प्रहरीको छापा, १८ जना पक्राउ...

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी...

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण...

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका...

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्