काठमाडौं, फागुन २९ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको चितवनस्थित नारायणी फिल्ड कार्यालयमा मापन भएको छ।
विभागले फागुन २९ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै हो।
त्यस्तै लमजुङको घरेढुंगा केन्द्रमा १०२.२ मिलिमिटर वर्षा मापन भएको छ भने गोरखाको बारपाक केन्द्रमा ९० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यसैगरी उदयपुरको कटारीमा ९८.४ मिलिमिटर वर्षा भएको छ भने झापास्थित चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमिटर वर्षा मापन भएको छ।
विभागका अनुसार यी स्थानहरूमा मापन भएको वर्षालाई भारी वर्षाको श्रेणीमा राखिएको छ। लगातारको वर्षासँगै नदी–खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...
नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता
नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...
त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो
त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment