काठमाडौं, भदाै ११। भारतले बाढीपहिरो प्रभावित नेपालका लागि थप ३७.५ टन मानवीय सहायता, औषधि तथा खाद्यान्न सामग्री पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो उडान नेपालका लागि ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री (एचएडीआर), औषधि र खाद्यान्नका प्याकेटसहित उडेको जानकारी दिएका छन्।
उनका अनुसार भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ। नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
यसअघि पनि भारतले नेपालका बाढी प्रभावित क्षेत्रका लागि राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको थियो।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन हुनुका साथै विभिन्न निकाय तथा छिमेकी मुलुकबाट समेत मानवीय सहायता प्राप्त भइरहेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा
रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment