काठमाडौं, साउन १९ । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ।
छलफलमा विभिन्न मन्त्रालयका सचिव, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगी सहभागी भएका थिए। बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, त्यसका कारण र तत्काल समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।
ग्यास उद्योगीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी दिएका थिए।
छलफलमा आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आयात बढाउने, आपूर्ति व्यवस्थालाई सहज बनाउने र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्ने निर्णय भएको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्ति र वितरणमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफल र समन्वय जारी राखिने बताएका छन्।
अन्य लेखहरू: नेवाः टाइम्स
विपद व्यवस्थापनमा सोच्ने शैली बदल्नुपर्ने आवश्यकता, ‘टेन्टको चिन्ता होइन, नीति निर्माणमा केन्द्रित हुनुपर्छ’ : डा. उप्रेती
विपद व्यवस्थापनमा सोच्ने शैली बदल्नुपर्ने आवश्यकता, ‘टेन्टको चिन्ता होइन, नीति निर्माणमा केन्द्रित हुनुपर्छ’ : डा. उप्रे...
स्तनपानमा लगानी बढाउन डब्लुएचओको आह्वान, नेपालमा पनि लक्ष्य पूरा गर्न चुनौती
स्तनपानमा लगानी बढाउन डब्लुएचओको आह्वान, नेपालमा पनि लक्ष्य पूरा गर्न चुनौती...
भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने
भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने...
मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस
मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस...
टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता
टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता...
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment