१८ श्रावण २०८३, सोमबार

विद्युत् सर्ट भएर गोकर्णेश्वरको काठ उद्योगमा आगलागी, नेपाली सेनाको सक्रियतामा नियन्त्रण


अ+
अ-

काठमाडौं, साउन १७ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुलस्थित एक काठ उद्योगमा विद्युत् सर्ट भई लागेको आगलागी नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ।
नेपाली सेनाका अनुसार हिजो शनिबार (श्रावण १६) राति करिब ९ः४० बजे काठ उद्योगमा आगलागी भएको जानकारी प्राप्त भएपछि नं. १ विपद् व्यवस्थापन गणबाट दमकलसहितको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकाय तथा स्थानीयवासीसँगको समन्वयमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन। आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
मनसुनको समयमा विद्युत् प्रणालीमा देखिन सक्ने समस्याका कारण आगलागीका घटना बढ्न सक्ने भएकाले सम्बन्धित निकायले विद्युत् जडान तथा औद्योगिक संरचनाको नियमित निरीक्षण गरी आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा

सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा

सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा...

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव...

हरेक वर्ष जमल किन डुब्छ ?

हरेक वर्ष जमल किन डुब्छ ?

हरेक वर्ष जमल किन डुब्छ ?...

चिया तथा कफी क्षेत्र सुधारका लागि दुई साताभित्र कार्ययोजना तयार गरिने

चिया तथा कफी क्षेत्र सुधारका लागि दुई साताभित्र कार्ययोजना तयार गरिने

चिया तथा कफी क्षेत्र सुधारका लागि दुई साताभित्र कार्ययोजना तयार गरिने...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक...

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्