३ श्रावण २०८३, आइतबार

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना


अ+
अ-

काठमाडौं, श्रावण २ । देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मनसुन बुलेटिनमा श्रावण २ र ३ गते (शनिबार र आइतबार) देशका अधिकांश भूभागमा वर्षा बढ्ने र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार हिमाली तथा पहाडी भूभागका धेरै स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। देशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको जनाइएको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने अवस्था बनेको हो।
वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै, यात्रा, कृषि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन...

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ...

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्