२१ भदौ २०८३, सोमबार

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना


अ+
अ-

काठमाडौं, वैशाख ७। जल तथा मौसम विज्ञान विभाग ले तराईका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै तातो दिन तथा गर्मीको लहर (हीट वेभ) को चेतावनी दिएको छ।
विभागले आज जारी गरेको विशेष बुलेटिनअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पछिल्ला दिनहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ। बुधबार पनि मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तापक्रम ३८ डिग्री आसपास पुगेको जनाइएको छ।
विभागका अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तापक्रम ४० डिग्री वा सोभन्दा माथि पुग्ने सम्भावना छ। यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि ३८ डिग्री वा सोभन्दा बढी तापक्रम रहने पूर्वानुमान गरिएको छ।
यस अवधिमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका केही जिल्लामा मध्यम स्तरको गर्मीको लहर देखिन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीलाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ भने अन्य तराई तथा आसपासका जिल्लामा अवस्था निरन्तर अद्यावधिक रही सावधानी अपनाउन सुझाव दिइएको छ।
गर्मीका कारण थकान लाग्ने, कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।
यस्तो अवस्थामा दिउँसोको चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न र सकेसम्म चिसो स्थानमा बस्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्