२१ भदौ २०८३, सोमबार

हावाहुरी र वर्षा/हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह


अ+
अ-

काठमाडौं, चैत ६ । जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशका विभिन्न स्थानमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिन र रात दुबै समयमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका साथै कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। साथै, बागमती, मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा पनि मौसम सक्रिय रहने बताइएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच विभागले जारी गरेको अद्यावधिक सूचनाअनुसार आज मधेश प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागमा करिब ५०–६० किमि प्रतिघण्टा वेगको हावाहुरी चल्ने सम्भावना रहेको छ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औँल्याउँदै प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त संरचनाबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सम्बन्धित निकायले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै अद्यावधिक सूचनामा ध्यान दिनसमेत आग्रह गरेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्