नेपाल र चीनबीच ‘रियल-टाइम डाटा’ आदानप्रदानका लागि छलफल
काठमाडौं, साउन १९ । विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट-चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेनको नेतृत्वमा आएको विश्वविद्यालयको एक प्रतिनिधिमण्डलसँग भौगर्भिक प्रकोपहरुको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीका बारेमा छलफल भएकाे छ ।
विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र अन्य अधिकारीले छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट-चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेनको नेतृत्वमा आएको विश्वविद्यालयको एक प्रतिनिधिमण्डलसँग छलफल भएको हाे ।
त्यसक्रममा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’ सँग सम्बद्ध रहनुभएका प्राध्यापक हुईले भौगर्भिक प्रकोपहरुको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीका बारेमा जानकारी गराएका थिए ।
कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगतमा वर्षहरुमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीहरुमा आएका आकस्मिक बाढीहरुले पुर्याएको ठूलो क्षतिले नेपाल र चीनबीच ‘रियल-टाइम डाटा’ हरुको आदानप्रदान लगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताए ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment