काठमाडौं, फागुन २४ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार डा. अमरेश कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन् भने गगन कुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। यससँगै सिंह फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि गगन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विजेता सिंहलाई बधाई दिएका छन्। उनले सर्लाही–४ बाट निर्वाचित भएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
थापाले आफूलाई माया, विश्वास र मत दिने क्षेत्रका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै यस क्षेत्रमा देखेका समस्या समाधानका लागि आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मेगु पोस्त: नेवाः टाइम्स
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment