१० असोज २०८३, शनिबार

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


अ
अ+
अ-

काठमाडौं, असोज ७। मौसम विज्ञान विभागका अनुसार पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानसँगै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन प्रधानमन्त्री वालेन्द्र शाहले आग्रह गरेका छन्।
पानी परिरहेको समयमा र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकालाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न अनुरोध गरिएको छ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्दै नागरिकलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्