९ असोज २०८३, शुक्रबार

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल


अ
अ+
अ-

काठमाडौं, असोज ९ । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशभर भारी वर्षा, बाढी, पहिरो र हिमपातको जोखिम रहेको भन्दै राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल (डिमान) ले उच्च सर्तकता अपनाउन अपिल गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बंगालको खाडीको पूर्वी भाग आसपास विकसित न्यून चापीय प्रणालीका कारण मुलुकका विभिन्न भागमा भारी वर्षा हुन सक्ने तथा त्यसबाट बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्ने अवस्था रहेको डिमानले जनाएको छ।

विशेषगरी नदी तथा खोलानाला आसपासका क्षेत्र, पहाडी तथा भिरालो भूभाग र उच्च हिमाली क्षेत्रमा उच्च सर्तकता आवश्यक देखिएको छ। केही समयअघि मात्र रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदाय अझै कठिन परिस्थितिमा रहेको स्मरण गराउँदै डिमानले पुनः यस्तो जोखिम देखिनु चिन्ताको विषय भएको जनाएको छ।

यस संवेदनशील परिस्थितिमा डिमानले आम नागरिक, समुदाय, स्थानीय तह, सरकारी निकाय, नागरिक समाज तथा मानवीय संस्थाहरूलाई आवश्यक पूर्वतयारी र सर्तकता अपनाउन हार्दिक अपिल गरेको छ।

संस्थाले आम नागरिकलाई विशेष अनुरोध गर्दैदै
अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा तथा हिँड्डुल नगर्न, नदी–खोला तथा बाढी–पहिरोको जोखिम भएका स्थानमा नजान, जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले समयमै सुरक्षित स्थानमा जान, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायत संवेदनशील समूहको विशेष सुरक्षा गर्न भनेकाे छ ।

यस्तै, सदस्य संस्था तथा नागरिक संघसंस्थालाई आह्वान गर्दै डिमानले आफ्ना सम्पूर्ण सदस्य संस्था, नागरिक संघसंस्था, स्थानीय साझेदार तथा स्वयंसेवकहरूलाई आ-आफ्नो कार्यक्षेत्र र समुदायमा रहेको जोखिमको अवस्थाबारे निरन्तर जानकारी राख्न, समुदायलाई समयमै सूचित गर्न तथा स्थानीय र सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यक मानवीय सहयोगका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

साथै, विपद्को समयमा अफवाह तथा अपुष्ट सूचना प्रवाह नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि डिमानले सबैमा अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्