काठमाडौं, साउन २२ ।रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा जग्गा दर्ता कायम भएकोमा शुक्रबार २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको हो।
लामो समयदेखि लालपुर्जा नपाउँदा स्वामित्व हस्तान्तरण, बैंकिङ कारोबार तथा अन्य कानुनी प्रक्रियामा समस्या भोग्दै आएका स्थानीयले अब औपचारिक रूपमा जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार बाँकी रहेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी क्रमशः लालपुर्जा वितरण गरिनेछ।
स्थानीयवासीले दशकौँदेखिको प्रतीक्षा अन्त्य भएको भन्दै सरकारको यस पहलले जग्गाको कानुनी स्वामित्व सुनिश्चित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउने विश्वास व्यक्त गरेका छन्।
मेगु पोस्त: नेवाः टाइम्स
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment