२७ बैशाख २०८३, आइतबार

नेपाली राजदूतावास अबुधाबीद्वारा श्रमिक अन्तरक्रिया

अ+
अ-

अबुधाबी, वैशाख २६ । नेपाली राजदूतावास अबुधाबीले नेपाली श्रमिकहरूसँग एक अन्तरक्रिया गर्दै
श्रमिकको हक, अधिकार, सुरक्षा, कम्पनीका नियम, वैदेशिक रोजगारीमा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोगलगायत विषयमा सचेत गराएकाे छ ।
संयुक्त अरब इमिरेट्स (युएई) का विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा राजदूतावासका श्रम सहचारी पंकज लाभ कर्णले श्रमिकको हक, अधिकार, सुरक्षा, कम्पनीका नियम, वैदेशिक रोजगारीमा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोगलगायत विषयमा अभिमुखीकरण गराए। उनले राहदानी, इमिरेट्स आइडी, लेबर कार्ड लगायतका कागजात सुरक्षित राख्न र साइबर अपराधबाट बच्न सचेत गराए।

यसैगरी, कन्सुलर सेवा विभागको अनलाइन पोर्टलमा उजुरी दिन आग्रह गर्दै उनले कम्पनी छोडेर नभाग्न र आपत्कालीन अवस्थामा राजदूतावास वा युएईको MOHRE सँग सम्पर्कमा रहन सुझाव दिए। कार्यक्रममा श्रमिकका विभिन्न जिज्ञासाको समेत सम्बोधन गरिएको थियो।

राजदूतावासका द्वितीय सचिव विमलेश कुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी प्रश्नहरूको जवाफ दिए। सहभागीहरूले न्यून पारिश्रमिक, श्रम मापदण्ड निर्धारण र नेपाली श्रमिकको सीप तथा योगदानको सम्मान गर्नुपर्ने सुझाव दिए। साथै, कार्यक्रममा प्राथमिक उपचारसम्बन्धी व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली राजदूत लगायत कूटनीतिक कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
याैन हिंसा तथा जघन्य अपराधसम्बन्धी कानुनमा संशाेधनकाे तयारी

याैन हिंसा तथा जघन्य अपराधसम्बन्धी कानुनमा संशाेधनकाे तयारी

याैन हिंसा तथा जघन्य अपराधसम्बन्धी कानुनमा संशाेधनकाे तयारी...

सरकारकाे बजेट तथा नीति निर्माणमा सहभागी हुन सुझाव संकलन पाेर्टल

सरकारकाे बजेट तथा नीति निर्माणमा सहभागी हुन सुझाव संकलन पाेर्टल

सरकारकाे बजेट तथा नीति निर्माणमा सहभागी हुन सुझाव संकलन पाेर्टल...

न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता

न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता

न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता...

भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गरिने

भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गरिने

भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गरिने...

मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त

मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त

मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्