काठमाडौँ, वैशाख २६ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव संकलन सार्वजनिक पोर्टल (suggestions.opmcm.gov.np) को शुभारम्भ गरेको छ। बजेट, नीति तथा कार्यक्रम तर्जुमाको प्रक्रियालाई पारदर्शी, प्रभावकारी र सहभागितामूलक बनाउने उद्देश्यले यो पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ ।
यस पोर्टलमार्फत नेपाली नागरिक, विषयविज्ञ र नीति–निर्माताहरूबाट बजेट, नीति तथा कार्यक्रम/आयोजना निर्माणसम्बन्धी महत्वपूर्ण सुझावहरू संकलन गरिने जनाइएको छ। प्राप्त सुझावहरूको नीतिगत तथा प्रशासनिक तहमा समीक्षा गरी कार्यान्वयन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सुझाव दिनेहरूले पोर्टलको ‘सुझाव द्वारा’ सुविधामार्फत आफ्नो सुझावको अवस्थाबारे समेत जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
कार्यालयले यस महत्वपूर्ण पहलमा सबैको सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।
मेगु पोस्त: नेवाः टाइम्स
याैन हिंसा तथा जघन्य अपराधसम्बन्धी कानुनमा संशाेधनकाे तयारी
याैन हिंसा तथा जघन्य अपराधसम्बन्धी कानुनमा संशाेधनकाे तयारी...
नेपाली राजदूतावास अबुधाबीद्वारा श्रमिक अन्तरक्रिया
नेपाली राजदूतावास अबुधाबीद्वारा श्रमिक अन्तरक्रिया...
न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता
न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता...
भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गरिने
भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गरिने...
मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त
मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment