काठमाडौं, वैशाख ६ । नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै आजदेखि देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। बैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियानमार्फत देशभरका लाखौं बालबालिकालाई लक्षित गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयले “बालबालिकाको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता” भन्ने नारासहित अभिभावकलाई आफ्ना नानीबाबुलाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत औषधि खुवाउन आग्रह गरेको छ।
स्वास्थ्यकर्मीका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको दृष्टि क्षमता सुधार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। त्यस्तै, जुकाको औषधिले पेटका परजीवी नष्ट गरी पोषण अवस्थालाई सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
सरकारले विगतदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको यस अभियानले बाल मृत्युदर घटाउन र कुपोषण नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। अभिभावकलाई तोकिएको मिति र स्थानमा अनिवार्य रूपमा सहभागी भई बालबालिकाको स्वास्थ्य सुरक्षामा साथ दिन आग्रह गरिएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment