Wednesday, November 18, 2026 | 12:41 AM

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने


अ
अ+
अ-

काठमाडौं, मंसिर १। महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसा अन्त्य, पीडितको संरक्षण र हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्याय सुनिश्चित गर्ने उद्देश्यसहित यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि सञ्चालन हुने भएको छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ तय गरिएको छ।
त्यसैगरी, नेपालका लागि ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ राष्ट्रिय नारा तय गरिएको छ।
अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्दै हिंसापीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्यायमा पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिएको छ।
लैङ्गिक हिंसाका घटनामा पीडितले न्याय पाउने वातावरण निर्माण गर्नु, उनीहरूको संरक्षण सुनिश्चित गर्नु तथा दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य गर्नु अभियानका मुख्य सन्देशका रूपमा अघि सारिएका छन्।
लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सबै सरोकारवालाबीच सहकार्य, साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देशसमेत अभियानले प्रवाह गर्नेछ।
सन् १९९१ देखि विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको यस अभियान नोभेम्बर २५ को महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसदेखि डिसेम्बर १० को मानव अधिकार दिवससम्म मनाइन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड...

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

काठमाडौं, कार्तिक २८ । गौतम बुद्धका उपदेशहरु धार्मिक तथा दार्शनिक......

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड...

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा...