होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै : छात्राबासमा बस्न ३० जना इच्छुक


अ+
अ-

काठमाडौँ, वैशाख २२ । राधास्वामी सत्संग व्यास आश्रम, कीर्तिपुरमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ । 
नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा बस्दै आएका छन् । जसमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक छन् ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको छन्  । ४ जनाले यस वर्ष एसईई दिएका छन् । उनीहरु कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहन्छ । महानगरपालिकाले उनीहरुले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए। 
काठमाडौं महानगरपालिकाका अनुसार विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेका छन् । अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्राबासमा बस्न अनिच्छा व्यक्त गरे । अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन सकेको छैन । शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरुमा ११ जना छात्रा र १९ जना छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीहरुलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्री सम्बन्धी आवश्कयता समेत माग गरिएको छ ।

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरिएकाे हाे । महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि त्यही अनुरुप व्यवस्थापनको प्रयास गरिएकाे हाे । निजी तथा संस्थागत विद्यालयहरुबाट खवर प्राप्त भएपछि इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाइनेछ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ् सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् । उनको आग्रहपछि वैठक बसेर हाइयर इन्स्टिच्युसन्स एण्ड सेकेण्डरी स्कूल्स एशोसिएसन (हिसान), प्राइभेट एण्ड वोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) र एशोसिएसन अफ प्रिस्कूल एजुकेटर्स नेपाल (एपेन) ले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका थिए । यसरी जारी गरिएको विज्ञप्तिमा संस्थाका अध्यक्षहरु क्रमशः युवराज शर्मा, कृष्णप्रसाद अधिकारी, सुवास न्यौपाने र बद्रीप्रसाद दाहालले हस्ताक्षर गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी...

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस...

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन...

"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र

"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र

सांसद हर्कराज राईको खुल्ला पत्र : 'सिमा मिचियो, सेना खटाउनु, सरकार संसद छलेर नचलाउनु'...

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने...

रोशी खोलामा बाढी बढ्दा ५  विद्युतीय गाडी  हाईस फस्यो, ६० बढी यात्रु सुरक्षित

रोशी खोलामा बाढी बढ्दा ५ विद्युतीय गाडी हाईस फस्यो, ६० बढी यात्रु सुरक्षित

रोशी खोलामा बाढी बढ्दा ५ विद्युतीय गाडी हाईस फस्यो, ६० बढी यात्रु सुरक्षित...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्