नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ

अ+
अ-

काठमाडौं, वैशाख २० । नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताले जवाफ दिएका छन् । परराष्ट्र मन्त्रालयबाट जारी जानकारीमा लेखिएको छ,

१. नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ।

२. १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ।

३. नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। 

४. यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।

५. साथै, लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा स्पष्ट पारिन्छ।

६. नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सरकारद्वारा नदीकिनार अतिक्रमण व्यवस्थापनबारे स्पष्टिकरण, ‘हटाउने होइन, स्थायी समाधान खोज्ने’

सरकारद्वारा नदीकिनार अतिक्रमण व्यवस्थापनबारे स्पष्टिकरण, ‘हटाउने होइन, स्थायी समाधान खोज्ने’

सरकारद्वारा नदीकिनार अतिक्रमण व्यवस्थापनबारे स्पष्टिकरण, ‘हटाउने होइन, स्थायी समाधान खोज्ने’...

राष्ट्रपति पौडेलद्वारा ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि फिर्ता

राष्ट्रपति पौडेलद्वारा ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि फिर्ता

राष्ट्रपति पौडेलद्वारा ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि फिर्ता...

राष्ट्रपति रामचन्द्रबाट जारी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ काे व्यापक चर्चा

राष्ट्रपति रामचन्द्रबाट जारी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ काे व्यापक चर्चा

राष्ट्रपति रामचन्द्रबाट जारी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ काे व्यापक चर्चा...

कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना

कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना

कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना...

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु...

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्