भ्रम


अ+
अ-

ऊ र उनीहरू पुनः 
अतृप्तिको मधुमासमा,
अँध्यारो क्षितिजको खोल ओढेर,
हावा हुरीको लहैलहैमा,
निराशा र गरिबीले
खण्डहर भएको बस्तीभित्र 
भ्रमको ताल्चा ठोकेर, 
म्याद गुज्रिएको लाइसेन्स बोकेर, 
एक हुल मानवरुपी अस्थिपन्जरहरू
भ्रमको मादल बजाउँदै 
हुइकिरहेका छन् हिजोआज 
चिसो ओढेर लम्पसार 
परेका भोका नाङ्गा सडकहरूमा।
न्यानो बिहानीको झुट्टो 
आश्वासन दिलाउँदै,
सुन्दर सपनाको विष पिलाउँदै 
घिस्रीरहेकाछन् सर्पहरू
बिनासूचना घरका दैलो र आँगनहरूमा ।

२०८२/१०/१५

Comments (1)

अम्बुे बिहानी Jan 31, 2026 00:14
निकै मर्मस्पर्शी कविता
निरन्तर कलम चलिरहोस्‌ दिदी शुभकामना ।
Write a Comment
Comment must be at least 10 characters

No other posts from this author

Check back later for more content from Anita Yatri

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्