३० जेठ २०८३, शनिबार

प्रतिनिधि सभा बैठकका लागि संसद् भवन व्यवस्थापन गर्न संघीय संसद् सचिवालयको आग्रह


अ+
अ-

काठमाडौं, माघ १३ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो बैठक तत्काल सञ्चालन गर्नुपर्ने अवस्था तर संसद भवन छैन पछिल्लो समय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमामा प्रतिनिधि सभाकाे बैठक बस्ने गरेकाेमा गत भदौ २३ २४ गते भएको युवाविद्यार्थीको आन्दोलनका क्रममा क्षति पुगेको छ।

यही मेसाेमा संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनका लागि संसद् भवन प्रयोग गर्न आवश्यक व्यवस्थापन मिलाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको छ।

सचिवालयले यही माघ गते लेखेको पत्रमार्फत प्रतिनिधि सभा हल व्यवस्थापनसम्बन्धी विषयमा ध्यानाकर्षण गराएको हो।

पत्रअनुसार संघीय संसद्का दुवै सदनराष्ट्रिय सभा प्रतिनिधि सभाका बैठकहरू सञ्चालन गर्न हाल अस्थायी रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा गत भदौ २३ २४ गते भएको युवाविद्यार्थीको आन्दोलनका क्रममा क्षति पुगेको छ। आन्दोलनका क्रममा सम्मेलन केन्द्र भवन तथा त्यस आसपासका क्षेत्रमा आगजनी तोडफोड भएपछि बैठक सञ्चालनमा समस्या देखिएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सम्मेलन केन्द्रमा भएको क्षति तथा सोसम्बन्धी मर्मतसम्भारको काम अझै सम्पन्न भइनसकेको अवस्थामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो बैठक तत्काल सञ्चालन गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा संसद् भवनमै बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको पत्रमा उल्लेख छ।

पत्रमा प्रतिनिधि सभा बैठक सञ्चालनका लागि आवश्यक सभाहल, पदाधिकारी तथा कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, बैठक सञ्चालनमा आवश्यक अडियोभिडियो रेकर्डिङ, प्रत्यक्ष प्रशारण, सूचना प्रविधिसम्बन्धी उपकरण तथा अन्य भौतिक पूर्वाधारको व्यवस्थापन मिलाइदिन आग्रह गरिएको छ।

संघीय संसद् सचिवालयले मिति यही माघ गतेको निर्णयअनुसार आवश्यक व्यवस्था मिलाइदिन सचिवालय (महासचिव स्तरकाे निर्णय) मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक अनुरोध गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्