३० जेठ २०८३, शनिबार

बाढी–पहिरोको उच्च जोखिम, विपद् प्राधिकरणको सतर्कता अनुरोध


अ+
अ-

काठमाडौं, असाेज १५ । लगातार वर्षासँगै देशका विभिन्न नदीमा पानीको सतह बढ्न थालेपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको सतह बढ्ने र आसन्न बाढीको खतरा देखिएको प्राधिकरणले जनाएको छ।

विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, लमजुङ, तनहुँ, गोरखा, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ र रोल्पा जस्ता जिल्लामा बाढी र पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको छ। यी क्षेत्रमा नदी–नाला आसपास बसोबास गर्नेहरूलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

प्राधिकरणले यात्रामा जाने क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्न, अत्यावश्यकबाहेक राति यात्रा नगर्न र सुरक्षित स्थानमा सर्तकता अपनाउन सुझाव दिएको छ। साथै, स्थानीय विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन र आकस्मिक अवस्थाको सामना गर्न आवश्यक निर्णय लिन निर्देशन दिइएको छ।

सडकमा सवारी आवागमन अवरुद्ध हुन सक्ने भएकाले डोजर, एक्साभेटर, लोडरजस्ता साधन तयार राख्न र तटीय सुरक्षासम्बन्धी कार्यमा स्थानीय तह, सुरक्षाकर्मी तथा स्वयंसेवकलाई खटाउन पनि प्राधिकरणले आह्वान गरेको छ।

सतर्कता र पूर्वतयारी नै सम्भावित क्षति न्यूनीकरणको उपाय भएको भन्दै प्राधिकरणले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्