३० जेठ २०८३, शनिबार

भारतबाट नेपाललाई ७० मिटर लामाे मोड्युलर पुल हस्तान्तरण, बाढी–पहिरोपछि पूर्वाधार पुनर्निर्माणमा सहयोग


अ+
अ-

हेटाैंडा, मंसिर ४ । भारतले नेपाललाई ७० मिटर लम्बाइको मोड्युलर पुल तथा विशेष ‘लञ्चिङ टुल’ हस्तान्तरण गरेको छ। भारतका नेपालस्थित राजदूतले एक औपचारिक कार्यक्रममार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई उक्त पुलको पूर्ण सेट प्रदान गरे।

गत अक्टाेबर २०२५ मा पूर्वी नेपालमा परेको विनाशकारी वर्षापछि प्रभावित क्षेत्रका लागि नेपाल सरकारले गरेको अनुरोधअनुसार भारत सरकारले ७० मिटर वा त्यसभन्दा ठूलो स्प्यान भएका १० वटा बेलिब्रिज उपलब्ध गराइरहेको छ। करिब ७३ करोड रुपैयाँ बराबरका यी पुल भारतले अनुदान (grant) स्वरूप उपलब्ध गराउँदै आएको छ।

हस्तान्तरण गरिएको पुललाई तत्कालै रामेछाप पठाइने जनाइएको छ, जहाँ असोजको भारी वर्षाका कारण सडक सम्पर्क विच्छेद भएको थियो।

यसअघि, सेप्टेम्बर २०२४ का बाढी–पहिरोपछि भारतले ४१ करोड रुपैयाँ बराबरका १० प्रि–फ्याब्रिकेटेड स्टिल ब्रिज उपलब्ध गराएको थियो, जसमा ४ वटा पुल हालसम्म स्थापना भइसकेका छन्।

कार्यक्रममा भारतीय राजदूतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धको गहिराईलाई दोहोर्‍याउँदै पूर्वाधार विकास तथा विपद्‌पछिको पुनर्निर्माणमा भारत सरकार निरन्तर सहयोगी बन्न तयार रहेको बताए। पुल र लञ्चिङ उपकरणहरू नेपालको आपत्कालीन पुनर्निर्माणलाई छिटो र प्रभावकारी बनाउने उल्लेख उनले गरे।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै ती पुलहरूको छिटो जडान र सञ्चालनका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताए।

भारतले आगामी दिनमा पनि नेपालको पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासमा साथ जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्