३१ जेठ २०८३, आइतबार

तीज मनाउँदै महिलाहरू


अ+
अ-

 

काठमाडौं, भदौ १० । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी हिन्दु महिलाहरूले मनाउँँदैछन् । हिन्दु ब्राम्हण क्षेत्री समुदायका महिलाहरूले मनाउने चाड भए पनि पछिल्लो समय अन्य समुदायका महिला पनि यो चाड मनाउन तथा चाडमा रमाउन थालेका छन् ।

⠿ drag

परम्परागत रुपमा भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस चाडको आज विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास गर्दछन् ।

⠿ drag

 


धार्मिक विश्वास अनुसार पार्वतीले तपस्या गरेपछि महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

⠿ drag

पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको मानिन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव श्रीमान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

⠿ drag

आजको दिन पानी पनि नखाई ब्रतबस्नु पर्छ भन्ने मान्यताले यसलाई कठिनतम ब्रत मध्येको मानिन्छ । ब्रत बसेर महिलाहरू नजिकैको शिवालयमा पूजाआजाका लागि जाने गर्दछन् । पूजा गरेपछि मन्दिर परिसरमैं नाच गान गरेर रमाएर बस्ने महिलाहरू तथा पुरुष जमात पनि यो वर्ष थुप्रै छन् । पहिला मादल बजाएर झुरुप्प झुरुप्प रुपमा नाच्ने महिलाहरू यो वर्ष मखनको पशुपति मन्दिर परिसरमा स्पिकर घन्काएर डिजेको शैलीमा नाचेर रमाएको पनि देखियो ।

⠿ drag

स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आजकल कतिपय महिलाहरू जलाहार, फलाहार गरी ब्रतबस्ने गरेका छन् । पछिल्लो समय चिकित्सकले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न आग्रह गर्दै आएका छन् ।

तीजको अवसरमा विभिन्न ठाउँमा पूजा आराधना तथा रमाइलो गर्नमा व्यस्त महिलाहरूको केही फोटोहरू तल दिइएका छन् । फोटोः नेवाः टाइम्स

 

 

⠿ drag

 

⠿ drag

 

⠿ drag

 

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्