३० जेठ २०८३, शनिबार

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्व एशिया क्षेत्रीय समिति अधिवेशन कोलम्बोमा सुरु


अ+
अ-

कोलम्बो, असाेज २७ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्व एशिया क्षेत्रीय समिति (क्षेत्रीय) को ७८औँ अधिवेशन सोमबार श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस बैठकमा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू तथा विकास साझेदारहरूको सहभागिता छ।

‘स्वस्थ, समान र दिगो क्षेत्रीय स्वास्थ्य प्रणाली’ प्रतिको प्रतिवद्धतासहित सुरु भएको अधिवेशनको उद्घाटन श्रीलंकाका संसदका सभामुख डा. जगथ विक्रमरत्नेले गरे। स्वास्थ्य क्षेत्रका नेताहरूले “सबैका लागि स्वास्थ्य, सबैबाट स्वास्थ्य” भन्ने प्रतिवद्धता जनाएका छन् ।

उद्घाटन सत्रमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र श्रीलंकाका स्वास्थ्य तथा जनसञ्चार मन्त्री डा. नलिन्द जयतिस्सा लगायतका प्रमुख वक्ताहरूले मन्तव्य दिएका थिए।

डब्लुएचओ दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले उद्घाटन सत्रमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम र ऐतिहासिक प्यान्डामिक एग्रिमेन्टमार्फत विश्व स्वास्थ्य सुरक्षाको आधार पुनर्निर्माण गरिएको बताइन्।

उनका अनुसार, “जटिल संकट, बदलिँदो स्वास्थ्य परिदृश्य र सीमित स्रोतबीच डब्लुएचओ अझ केन्द्रित, प्रभावकारी र जिम्मेवार बन्ने लक्ष्यमा अघि बढिरहेको छ। हामीले संस्थालाई अझ चुस्त, लचकदार र सदस्य राष्ट्रका आवश्यकतामा प्रतिक्रियाशील बनाएका छौं।”

डा. बोएमेले थपिन्, “हामी नवीनताकाे उपयोग, सशक्त नेतृत्व र नतिजामुखी काममार्फत स्वास्थ्य क्षेत्रलाई अघि बढाउनेछौं— एउटै सिद्धान्तकाे मार्गदर्शनमा: सबैका लागि स्वास्थ्य, सबैबाट स्वास्थ्य।”

अधिवेशनमा “स्वस्थ वृद्धावस्था” विषयमा मन्त्रीस्तरीय गोलमेच छलफल हुने कार्यक्रम छ। सन् २०५० सम्म दक्षिण–पूर्व एशिया क्षेत्रमा हरेक पाँचजनामध्ये एक जना व्यक्ति ६० वर्षभन्दा माथि पुग्ने अनुमान गरिएको छ। डा. बोएमेका अनुसार, “यो विकास र स्वास्थ्यको उपलब्धि हो, तर एक यस्तो चुनौती पनि हो जसका लागि हाम्रा सेवा प्रणाली रूपान्तरण हुनुपर्छ। प्राथमिक स्वास्थ्य सेवा नै आधार बन्नुपर्छ — दीर्घकालीन, सहानुभूतिपूर्ण र निरन्तर सेवाका लागि।”

अधिवेशनमा असंक्रामक रोग र दीर्घकालीन स्वास्थ्य अवस्था विषयमा पनि गम्भीर छलफल हुनेछ। डब्लुएचओका अनुसार, दक्षिण–पूर्व एशिया क्षेत्रमा तम्बाकू प्रयोग मृत्यु र रोगको प्रमुख कारण बनेको छ। यहाँ करिब २८ करोड वयस्कले धूम्ररहित सूर्तीजन्य पदार्थ प्रयोग गर्छन् भने ११ लाख किशोरकिशोरी सूर्तीजन्य पदार्थ सेवनमा संलग्न छन्। सदस्य राष्ट्रहरूले धूम्ररहित तम्बाकू, इलेक्ट्रोनिक सिगरेट, निकोटिन पाउच र सुपारीको प्रयोग नियन्त्रणबारे पनि नीति छलफल गर्नेछन्।

यस अधिवेशनमा दक्षिण–पूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषलाई थप विस्तार गर्ने प्रस्ताव पनि छलफलमा छ। सन् २००८ देखि स्थापना भएको यस कोषले हालसम्म १० सदस्य राष्ट्रमा ४९ वटा आपतकालीन घटनामा सहयोग पुर्‍याइसकेको छ। अब यसको म्यान्डेटलाई तत्परता र तयारी चरणसम्म विस्तार गर्ने योजना रहेको छ।

त्यस्तै, एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विरुद्धको क्षेत्रीय कार्ययोजना विश्वव्यापी प्रतिबद्धतासँग जोड्दै अघि बढाउने पनि अधिवेशनको अर्को प्रमुख एजेन्डा हो।

डा. बोएमेले समापनमा भनिन्, “हाम्रो प्रणाली केवल रोग उपचारका लागि होइन, जीवनका प्रत्येक चरणमा साथ दिन सक्षम हुनुपर्छ— रोकथामदेखि निरन्तर हेरचाहसम्म। हामी सबैले मिलेर आफ्ना देशका जनताको स्वास्थ्य प्रवर्द्धन, सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहनुपर्छ।”

तीनदिने अधिवेशनले दक्षिण–पूर्व एशिया क्षेत्रमा दिगो, न्यायसंगत र समावेशी स्वास्थ्य प्रणाली सुदृढ गर्न ठोस नीति सिफारिसहरू अघि ल्याउने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्