१० कार्तिक २०८३, मंगलबार

सङ्गीत, गजल र ललितकलाको संगम


अ
अ+
अ-


काठमाडौं, भदौ १४ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा १६० औँ मोतीजयन्तीका अवसरमा शनिवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सिर्जनाको आफ्नै वैचारिकता हुने तथा ललितकलाको सौन्दर्यमा सङ्गीत एवं गजल जोडिनु सकारात्मक रहेको बताए । हाम्रा सङ्गीत, गीत, गजल, चित्रकलाको जग माटो हुनुपर्ने बताउँदै उनले शब्द, चित्र र गायनमा सामञ्जस्य हुनुपर्ने बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलोपल्ट भएको गजल, सङ्गीत र ललितकलाको उत्सवको त्रिवेणीले साहित्य, सङ्गीत र ललितकलालाई जोड्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले साहित्य, संगीत र ललितकलाको संयोजन गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको बताए । उनले नेपालीपनलाई समेटेर गजल तयार पारिएको र त्यसमा संगीत र चित्रकलाको संयोजनले राम्रो सन्देश दिएको बताए ।

कार्यक्रमका सभाध्यक्ष एवं अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको यस कार्यक्रममा राष्ट्रप्रेमका भाव ओतप्रोत भएका गजल गायन गरिएको र गजललाई चित्रमा समेत प्रत्यक्ष अवलोकन गर्न पाएको बताए । मोती जयन्तीका सन्दर्भमा भएको यस कार्यक्रमले सङ्गीत, गजल र ललितकलाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले कार्यक्रमको औचित्य प्रस्ट पार्दै केन्द्रका तीनवटै प्रतिष्ठानको सहकार्यमा सङ्गीत, गजल र ललितकलालाई एकै मञ्च प्रस्तुत गरिएको बताए । उनले देशका सातै प्रदेशका गजलकारका देशप्रेमको भाव मुखरित भएको गजललाई गायन गरिएको र त्यस गजलमाथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुबाट चित्र सिर्जना गरिएको बताए । सङ्गीत, गजल र ललितकलालाई जोडेर देशका सातै प्रदेशमा यस किसिमका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने कार्यक्रममा जानकारी गराइयो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्