१७ कार्तिक २०८३, मंगलबार

तिहार र छठमा शान्ति सुरक्षा चुस्त राख्न सरकारको निर्देशन


अ
अ+
अ-

काठमाडौं, कार्तिक १६ । सरकारले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै देशभर शान्ति सुरक्षा चुस्त राख्न र उपभोक्ता ठगी तथा कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिव गाेविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।
बैठकले तिहार तथा छठमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। त्यस्तै, चाडपर्वको मौका छोपी उपभोक्ता ठगी गर्ने, वस्तुमा मिसावट गर्ने तथा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने गतिविधि नियन्त्रण गर्न सघन बजार अनुगमन गर्नुपर्ने निर्णय गरेको छ।
बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय तथा निकायलाई विस्तृत कार्यान्वयन योजना तयार गरी निर्धारित समयभित्र काम सम्पन्न गर्न पनि निर्देशन दिएको छ।
त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन र सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्णय गरिएको छ।
सरकारी निर्णय प्रक्रियालाई सरल र डिजिटल बनाउने उद्देश्यले जारी सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
नागरिकलाई सरकारी सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउन प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूमा एकल बिन्दु सेवा प्रणालीको व्यवस्था गरी नागरिकमैत्री सेवा सञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने

बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने

बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने...

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल...

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय...

चक्रवातको प्रभाव आज पनि, पश्चिम नेपालसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चक्रवातको प्रभाव आज पनि, पश्चिम नेपालसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चक्रवातको प्रभाव आज पनि, पश्चिम नेपालसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम...

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्