उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी


अ
अ+
अ-

गोरखा, असोज २९। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिमपहिरो र ठूलो पहिरो गएपछि बुढीगण्डकी नदीमा पटक–पटक लेदो सहितको बाढी आएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को प्राविधिक प्रतिवेदनअनुसार बाढीको सबैभन्दा ठूलो सतह सल्लेरीस्थित जलविद्युत् आयोजनाको क्याम्पमा पुग्दा २० देखि २५ मिटरसम्म उचाइको थियो।
प्रतिवेदनअनुसार असोज २५ गते बिहान करिब ४:२० बजे चामर हिमाल र स्येराङ्गी हिमालको बीचमा पर्ने उङ्दिलुङ खोलाको करिब ६ हजार मिटर उचाइमा हिमपहिरो र करिब ५ हजार ५०० मिटर उचाइमा हिउँ तथा गेग्रानसहितको ठूलो पहिरो गएको थियो। उक्त क्षेत्रको चट्टान तुलनात्मक रूपमा कमजोर रहेको र त्यसमा माटोको मात्रा बढी रहेको पाइएको छ।
हिमपहिरो र पहिरोबाट निस्किएको हिउँ, पानी तथा गेग्रानको मिश्रण उङ्दिलुङ खोलाको सिरानबाट दक्षिणतर्फ बगेको थियो। त्यस क्रममा खोलाको दुवै किनारमा करिब ३०० मिटरसम्म माथि पुग्ने गरी गेग्रान बगेको प्रतिवेदनमा उल्लेख छ।
करिब २ हजार मिटर उचाइमा रहेको उङ्दिलुङ खोला र स्यार खोलाको साँघुरो दोभानमा ठूलो परिमाणमा गेग्रान एकैपटक जम्मा हुँदा स्यार खोलाको बहाव अवरुद्ध हुने र पुनः खुल्ने प्रक्रिया भएको देखिएको छ। स्यार खोला र बुढीगण्डकी नदीको दोभानमा समेत यस्तै प्रक्रिया भएको हुन सक्ने प्राविधिक आकलन छ। यही प्रक्रियासँगै तल्लो क्षेत्रमा बुढीगण्डकी नदीमा पटक–पटक बाढी आएको प्रतिवेदनमा उल्लेख छ।
गेग्रानको ठूलो परिमाणले बाढीको सतह बढायो
प्रतिवेदनअनुसार बाढीको सतह बढ्नुमा स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका बढी उल्लेखनीय देखिएको छ।
बाढी पहिलोपटक बिहान करिब ४:३० बजे सल्लेरी पुगेको थियो। त्यसको सबैभन्दा ठूलो सतह बिहान करिब ६:३० बजे सल्लेरीस्थित जलविद्युत् आयोजनाको क्याम्पमा पुगेको र त्यसले क्याम्प बगाएको प्रतिवेदनमा उल्लेख छ।
बाढीको उक्त ठूलो सतहका कारण तल्लो क्षेत्रमा पनि क्षति पुगेको छ। विशेषगरी जगतका केही भवन तथा सोती खोला र बुढीगण्डकी नदीमा रहेका पक्की पुललगायत संरचनामा मुख्य क्षति पुगेको प्राविधिक आकलन छ।
सबैभन्दा ठूलो बाढी आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको थियो। स्थलगत अवलोकनका क्रममा स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब डेढ किलोमिटरसम्म पानी जम्मा भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। ठूलो बाढीको सतह आएपछि पनि त्यसको तुलनामा साना अन्य बाढी आएका थिए।
बाढीमा माटोको मात्रा बढी
अन्य बाढीको तुलनामा यस घटनाबाट आएको बाढीमा बालुवा र साना–ठूला ढुङ्गाभन्दा माटोको मात्रा बढी रहेको पाइएको छ। माटोको मात्रा बढी भएकाले बाढीमा बिस्तारै बहने बाक्लो लेदोको प्रवाह (भिस्कस मड फ्लो) को विशेषता देखिएको प्रतिवेदनमा उल्लेख छ।
यसको प्रमुख कारण पहिरोको उद्गमस्थलमा पाइने पत्रे चट्टान र गेग्रानमा तुलनात्मक रूपमा माटोको मात्रा बढी हुनु रहेको आकलन गरिएको छ।
खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार उक्त पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको देखिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्