काठमाडौं, असोज २५। गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
नेपाली सेनाका अनुसार उद्धारका लागि चारवटा हेलिकोप्टर र स्थलमार्गबाट सेना परिचालन गरिएको छ। उद्धार गरिएकामध्ये नौ विदेशी नागरिकसहित ३५ जनालाई गोरखाको आरुघाटबाट काठमाडौं ल्याइएको छ।
प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ।
More from NewaTimes
वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान
वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान...
बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन
बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन...
बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान
बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान...
बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान
बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान...
बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो
बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो...
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment