इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह


अ
अ+
अ-

मकवानपुर, असोज ११ । कुलेखानी जलविद्युत आयोजनाअन्तर्गत इन्द्रसरोवर तालमा पानीको सतह बढिरहेको भन्दै मकवानपुर प्रशासनले भैंसे–सिस्नेरी–देउराली हुँदै काठमाडौं र हेटौंडातर्फ चल्ने सवारीसाधनलाई आज साँझदेखि रोक्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार जारी गरेको ‘यात्रा सचेतनासम्बन्धी विशेष सूचना’मा जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्था विश्लेषण गरी नेपाल विद्युत् प्राधिकरणले साइरन बजाएर सुरक्षाको मापदण्ड पूरा गरेपछि जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने जानकारी दिएको उल्लेख छ।
प्रशासनले आज असोज ११ गते साँझ ४ बजेपछि भैंसे हुँदै देउराली–सिस्नेरी–काठमाडौं तथा पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौंडातर्फ कुनै पनि सवारीसाधन सञ्चालन नगर्न/नगराउन आग्रह गरेको छ।
त्यस्तै, उक्त सडकखण्डमा असोज ११ गते साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ।
अत्यावश्यक कामले काठमाडौं जाने वा हेटौंडातर्फ आउने यात्रुले उक्त समयभित्र यात्रा गर्नुपर्ने भए त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनसम्बन्धी असोज ११ गते जारी सूचनाअनुसार आवागमन गर्न प्रशासनले आग्रह गरेको छ।
उक्त मार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्