११ भदौ २०८३, शुक्रबार

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन


अ+
अ-

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जिल्लामा गरी ५३८ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शुक्रबार दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा ९७७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, पूर्वी नवलपरासीमा १३४, पश्चिम नवलपरासीमा २७, तनहुँमा २८ र चितवनमा २२१ रहेका छन्। गोरखामा फेला परेका शवमा मानव अङ्गसमेत समावेश छन्।
बाढीमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेको प्राधिकरणले जनाएको छ।

३ हजार ७४२ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक छन्।
उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका गरी ७८ वटा हवाई उडान भएका छन्। त्यस्तै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायका १४ हजार ५२९ जनशक्ति परिचालन गरिएको छ।
परिचालित जनशक्तिमा नेपाल प्रहरीका ४ हजार ४९३, नेपाली सेनाका ६ हजार ३६८ र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६६८ जना रहेका छन्।

१० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा
सरकारले बाढी प्रभावित क्षेत्रमा नगद राहतसँगै खाद्य तथा गैरखाद्य सामग्री पठाइरहेको छ। रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत पठाइएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइएको छ। राहत सामग्रीमा चाउचाउ, बिस्कुट, रिलीफ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत सामग्री रहेका छन्। साथै प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पठाइएको र हेलिकप्टरबाट चार उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याइएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

इन्धनको मौज्दात
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक इन्धनको व्यवस्थासमेत गरिएको छ। नुवाकोटमा रहेको भैरवी/सूर्यमती/पञ्चकन्या आयल स्टोरमा डिजेल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको जनाइएको छ। नुवाकोटमै हवाई इन्धन ९ हजार लिटर मौज्दात रहेको र थप आवश्यक परे पठाउन तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक, विदेश बस्ने नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिनेछ।
यो विवरण एनडीआरआरएमएले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त सूचनाका आधारमा तयार गरेको १२ भदौ २०८३, दिउँसो ३ बजेसम्मको अद्यावधिक हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters

छिं लेखकाः मेगु पोस्त मदु

मेगु सामग्री कोलागि पाछा फिर्ता हे: admin

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्