९ भदौ २०८३, बुधबार

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन


अ+
अ-

काठमाडौं, भदौ १०। रसुवामा आएको ठूलो बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन्। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन प्राधिकरण सक्रिय रहेको र मेडिकल टिम, नेपाल स्काउट तथा रेडक्रससँग समन्वय गरी आवश्यक काम अघि बढाइएको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढिसकेको पनि प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।
सम्भावित उद्धार तथा राहतका लागि उपलब्ध हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गइसकेको प्रधानमन्त्रीले बताएका छन्।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठकसमेत बोलाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित तथा जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा आधिकारिक निकायबाट आउने उद्धारसम्बन्धी सूचना तथा अपडेट पर्खन पनि उनले आग्रह गरेका छन्।
थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने प्रधानमन्त्री शाहको भनाइ छ।
यसअघि जिल्ला प्रशासन कार्यालय धादिङले समेत त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। रसुवाको भोटेकोशीमा आएको बाढीले बेत्रावती बजार, स्याफ्रुबेसी, रसुवागढीलगायतका क्षेत्रमा समेत प्रभाव पारेको बताइएको छ।
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन प्रहरीले अनुरोध गरेकाे छ।
भर्खरै भएकाे राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले चीन तर्फ भएकाे हिमताल फुटेर बाढी आएकाे हुन सक्ने अनुमान गरेकाे छ ।
जुन ठाउँमा यो घटना शुरु भयो त्यो घटना शुरु हुँदैछ भन्ने पुर्वानुमान हुन नसक्नु हाम्रो क्षमता अझै बढाउनु पर्ने देखियो। गत वर्षको बाढी तथा अहिले आएकाे अकस्मात बाढीले चीनसँग तुरुन्त पूर्व सूचना प्रणालीको सुचना आदान प्रदान को सम्झौता गर्न जरुरी भएकाे देखाउँछ। घटनाको विस्तृत अध्ययनका लागि एनडिआरआरएमएले ड्राेन टिम परिचालन गरिएकाे जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
लेहेन्दे खोलाबाट शुरू भयाे बाढी:   बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...

रसुवाको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढायो, सतर्क रहन प्रशासनको आग्रह

रसुवाको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढायो, सतर्क रहन प्रशासनको आग्रह

रसुवाको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढायो, सतर्क रहन प्रशासनको आग्रह...

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्