सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान


अ+
अ-

काठमाडौं, साउन १४ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउन, अफवाह नफैलाउन तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबैमा आग्रह गरेका छन्।
प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पार्दै छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए। उनले घटनामा संलग्न जो–कोही भए पनि कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीका अनुसार सुरक्षासम्बन्धी निकायहरू तत्काल घटनास्थलमा पुगेर अवस्था सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने तथा शान्ति–सुरक्षा कायम गर्ने प्रयासमा निरन्तर खटिएका छन्। स्थानीय जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको र पीडित पक्षसँग समेत प्रत्यक्ष सम्पर्क कायम गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह तथा घृणा फैलाउने सामग्री प्रचार–प्रसार नगर्न आग्रह गर्दै सरकारी निकायबाट जारी गरिएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न अपिल गरे। प्रत्येक नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भाव कायम राख्नु तथा शान्ति–सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएकाले सरकारका सबै संयन्त्र अहोरात्र परिचालित रहेको उनले बताए।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै धर्मले समाजमा करुणा, दया, प्रेम र शान्तिको सन्देश दिने भएकाले कुनै पनि घटनालाई आधार बनाएर सिंगो समुदायलाई दोषारोपण गर्ने वा प्रतिशोधको भावना फैलाउने कार्य स्वीकार्य नहुने बताए।
प्रधानमन्त्रीले कठिन परिस्थितिमा पनि नेपाली समाजको एकता, सहिष्णुता र विवेक नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबै नागरिक, नागरिक समाज, धार्मिक समुदाय, समुदायका अगुवा, राजनीतिक दल तथा सरोकारवालालाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न आह्वान गरे।
यसअघि बिहीबार प्रधानमन्त्री शाहकै अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले साउन १० गते सुनसरीमा भएको हिंसात्मक घटना, त्यसपछिको सुरक्षा अवस्था तथा देशभरको समग्र शान्ति–सुरक्षाको समीक्षा गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा अन्य सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ। यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद अघि बढाउने तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन खोज, उद्धार र राहतका कार्य समयमै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसबीच, सुनसरी घटनापछि तराईका केही जिल्लामा तनाव कायम रहेकै बेला बिहीबार सुनसरी र सिराहामा प्रदर्शनका क्रममा सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ। विभिन्न स्थानमा प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका छन् भने सिराहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनाको विस्तृत विवरण र घाइतेहरूको आधिकारिक तथ्यांक सम्बन्धित निकायले सार्वजनिक गरिरहेका छन्।
यसअघि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। घटनापछि सरकारले छानबिन समिति गठन गर्नुका साथै सुरक्षा नेतृत्वमा समेत फेरबदल गरेको छ।
राष्ट्रिय सुरक्षा परिषद्ले पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। साथै शान्ति, सुरक्षा र कानुनी शासन कायम राख्न आवश्यक सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निर्णय गरेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा...

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन...

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?...

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्