२४ बैशाख २०८३, बिहिबार

श्रम विभागद्वारा राष्ट्रिय स्तरका १२ ट्रेड युनियन खारेज


अ+
अ-

काठमाडौँ, वैशाद २३ । – श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहलले राष्ट्रिय स्तरमा क्रियाशील रहेका १२ वटा ट्रेड युनियन खारेज गरेको छ।

विभागको पञ्जिकाधिकारीले २०८३ सालको अध्यादेश नं. ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा आज वैशाख २३ गते निर्णय गर्दै ती संगठनहरूको दर्ता खारेज गरेको हो।

खारेज हुनेमा निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) अन्तर्गत दर्ता भएका ८ वटा राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भएका ४ वटा राष्ट्रियस्तरका स्वास्थ्यकर्मी ट्रेड युनियन रहेका छन्।

खारेज भएका ट्रेड युनियनहरू (निजामती सेवा):

१. नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४)
२. नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५)
३. नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २२१)
४. नेपाल मधेशी निजामती कर्मचारी मन्च (दर्ता नं. २३१)
५. नेपाल स्वास्थ्यकर्मी संगठन (दर्ता नं. २७२)
६. मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४)
७. एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नं. ५२३)
८. स्वतन्त्र राष्ट्रिय संगठन, नेपाल (दर्ता नं. ५७०)

खारेज भएका ट्रेड युनियनहरू (स्वास्थ्य सेवा):

१. नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०)
२. स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१)
३. राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल (दर्ता नं. ३६४)
४. राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ५५२)

विभागले उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै यो सूचना प्रकाशित गरेको छ। सूचनामा हस्ताक्षर गर्ने पञ्जिकाधिकारी ई. मणिनाथ गोप रहेका छन्।

अध्यादेशको आधारमा यी ट्रेड युनियनहरूको दर्ता स्वतः खारेज भएको विभागले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना...

पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन

पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन

पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन...

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी...

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस...

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन...

"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र

"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र

सांसद हर्कराज राईको खुल्ला पत्र : 'सिमा मिचियो, सेना खटाउनु, सरकार संसद छलेर नचलाउनु'...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्