१७ कार्तिक २०८३, मंगलबार

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय


अ
अ+
अ-

काठमाडौं, कार्तिक १७ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो। ऋण र अनुदान गरी सडक सुधारका लागि कुल ३०५ मिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त हुने भएको छ।
बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।
त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय भएको छ। बैठकले ‘मल नियन्त्रण आदेश, २०८३’ समेत स्वीकृत गरेको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा तुर्किए (टर्की) को आन्ताल्यामा आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म थप गर्ने निर्णय भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा त्यस्तो जग्गाको बाँडफाँट गरी कारबाहीको टुङ्गो लगाइसक्नुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

बेलायतमा स्थायी बसोबास पाउन अब १० वर्ष कुर्नुपर्ने, नेपाली विद्यार्थीको भविष्य थप अन्योलमा

बेलायतमा स्थायी बसोबास पाउन अब १० वर्ष कुर्नुपर्ने, नेपाली विद्यार्थीको भविष्य थप अन्योलमा

बेलायतमा स्थायी बसोबास पाउन अब १० वर्ष कुर्नुपर्ने, नेपाली विद्यार्थीको भविष्य थप अन्योलमा...

बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने

बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने

बेलायतमा आप्रवासन नियम कडा : शरणार्थीलाई स्थायी बसोबासका लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने...

तिहार र छठमा शान्ति सुरक्षा चुस्त राख्न सरकारको निर्देशन

तिहार र छठमा शान्ति सुरक्षा चुस्त राख्न सरकारको निर्देशन

तिहार र छठमा शान्ति सुरक्षा चुस्त राख्न सरकारको निर्देशन...

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल

विपद् प्रभावितलाई नगद सहायता दिन सरकार र राष्ट्रसंघीय निकायबीच छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्