९ मंसिर २०८३, बुधबार

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड


अ
अ+
अ-

काठमाडौं, मंसिर ९ । हिमाली क्षेत्रमा पाइने जडीबुटी, सुगन्धित वनस्पति तथा ढुसीजन्य प्रजातिको संरक्षण, दिगो उपयोग र व्यापार व्यवस्थापनका लागि नेपालसहित पाँच देशले क्षेत्रीय सहकार्यको साझा रूपरेखा तयार गर्ने भएका छन्।
नेपालको वन विभाग, ट्राफिक (TRAFFIC) र एसोसिएसन फर सोसल्ली ट्रान्सफर्म्ड एग्रिकल्चर एन्ड बायोरिसोर्सेस (एन्साब) को संयुक्त आयोजनामा काठमाडौंमा मंगलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा यससम्बन्धी छलफल सुरु भएको हो।
मंसिर ११ गतेसम्म सञ्चालन हुने मञ्चको कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले उद्घाटन गरिन्। उनले हिमाली जडीबुटी तथा ढुसीजन्य प्रजाति भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने र तिनबाट प्राप्त हुने लाभ स्थानीय समुदायले न्यायोचित रूपमा पाउनुपर्ने बताइन्।
उनले यी उत्पादनको क्षेत्रीय अर्थतन्त्र पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै मञ्चलाई संरक्षणको विषयमा मात्र सीमित नराखी क्षेत्रीय एकताको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन्।
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र त्यसप्रतिको प्रतिबद्धता सँगसँगै अघि बढाउनुपर्ने, प्राकृतिक स्रोतको दोहनभन्दा सामुदायिक संरक्षणलाई प्राथमिकता दिनुपर्ने तथा असमान लाभभन्दा न्यायोचित लाभ बाँडफाँटलाई महत्त्व दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता गरेका एन्साबका कार्यकारी निर्देशक डा. भीष्म पी. सुवेदीले हिमाली क्षेत्रका पारिस्थितिक प्रणाली र वनस्पतिले देशको राजनीतिक सीमा नचिन्ने भए पनि संरक्षण, व्यवस्थापन र व्यापारसम्बन्धी नीति तथा नियम देशअनुसार फरक रहेको बताए।
हिमाली क्षेत्रका प्रजाति र प्राकृतिक स्रोत धेरै देशसँग साझा भएकाले चुनौती पनि साझा रहेको उल्लेख गर्दै उनले समाधानका लागि साझा दृष्टिकोण, साझा कार्य र साझा जिम्मेवारी आवश्यक रहेको बताए।
कार्यक्रममा वन विभागका महानिर्देशक नवराज पुडासैनीले हिमाली जडीबुटी तथा सुगन्धित वनस्पतिको क्षेत्रीय सहकार्यसम्बन्धी प्रस्तावित रूपरेखा प्रस्तुत गरे। उक्त रूपरेखामा पारिस्थितिकी, विज्ञान, व्यापार, समुदाय र सुशासन गरी पाँच विषयगत क्षेत्र समेटिएका छन्।
यसअन्तर्गत पालैपालो नेतृत्व हस्तान्तरण हुने गरी क्षेत्रीय कार्यसमूह गठन गर्ने र १० वटा क्षेत्रीय प्रतिबद्धतामार्फत सहकार्य अघि बढाउने प्रस्ताव गरिएको छ। सामूहिक प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै यस रूपरेखाको मुख्य उद्देश्य रहेको पुडासैनीले बताए।
अन्तर्राष्ट्रिय वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी महासन्धि (साइटिस) की महासचिव इभोन हिगुएरोले पठाएको भिडियो सन्देशमा यी प्रजातिको भविष्य देशहरूबीचको सहकार्यमा निर्भर रहने बताइन्। उनले विद्यमान कमजोरी हटाउँदै व्यापार प्रणालीलाई दिगो र जिम्मेवार बनाउन मञ्चले संयुक्त प्रयासको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
ट्राफिककी अनास्तासिया तिमोशिनाले विश्वमा प्रत्येक पाँचमध्ये एक जना मानिस जंगली वनस्पति, ढुसी र शैवालमा निर्भर रहेको उल्लेख गरिन्। तर, औषधीय वनस्पतिमध्ये करिब २० प्रतिशतको मात्र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को संकटापन्न प्रजातिसम्बन्धी रातो सूचीअनुसार मूल्याङ्कन भएको उनले बताइन्।
हिमाली प्रजातिहरू संवेदनशील पारिस्थितिक प्रणालीमा पाइने भएकाले तिनको संरक्षणका लागि परम्परागत ज्ञान, अभ्यास, वैज्ञानिक अध्ययन र साझेदारीमा आधारित समग्र समाधान आवश्यक रहेको उनको भनाइ थियो। चीनको चोङछिङमा भएको अघिल्लो कार्यशालाका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान यस मञ्चले सहयोग गर्ने उनले अपेक्षा व्यक्त गरिन्।
भुटानको वन तथा निकुञ्ज सेवा विभागका साङ्गे दोर्जीले पनि हिमाली वनस्पतिको संरक्षण र दिगो व्यवस्थापनका लागि वैज्ञानिक अनुसन्धान, सहयोगी नीति तथा देशहरूबीच कानुनी र व्यवस्थापकीय एकरूपतामा जोड दिए।
मञ्चमा नेपाल, भारत, चीन, भुटानलगायत साझेदार देशका प्रतिनिधिहरू सहभागी छन्। आगामी दुई दिन प्रस्तावित क्षेत्रीय रूपरेखामाथि छलफल गरी सन् २०२७ देखि २०३२ सम्मका लागि संरक्षण, जीविकोपार्जन, दिगो उपयोग र व्यापारलाई मार्गनिर्देशन गर्ने साझा कार्ययोजनामा सहमति जुटाउने अपेक्षा गरिएको छ।
मञ्चमा कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसीसहित सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था तथा साझेदार देशका प्रतिनिधिहरूको सहभागिता छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो...

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी...

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह...

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न...

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय...

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा...