२० श्रावण २०८३, बुधबार

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा

अ+
अ-

काठमाडौं, साउन १८ । पाकिस्तानको ब्रोड पिक हिमालमा गत साउन १५ गते (३० जुलाई २०२६) आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली तथा अन्य आरोहीहरूको स्मृतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
श्रद्धाञ्जली सभामा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’, पुर बहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पालगायत हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
मन्त्रालयका पदाधिकारी तथा कर्मचारीहरूले दिवंगत आरोहीहरूको योगदानको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
गत जुलाई ३० मा पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोहीको ज्यान गएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ग्यास अभावबारे  छलफलमा आयात बढाउने र वितरण प्रणाली सुदृढ गर्ने निर्णय

ग्यास अभावबारे छलफलमा आयात बढाउने र वितरण प्रणाली सुदृढ गर्ने निर्णय

ग्यास अभावबारे छलफलमा आयात बढाउने र वितरण प्रणाली सुदृढ गर्ने निर्णय...

विपद व्यवस्थापनमा सोच्ने शैली बदल्नुपर्ने आवश्यकता, ‘टेन्टको चिन्ता होइन, नीति निर्माणमा केन्द्रित हुनुपर्छ’ : डा. उप्रेती

विपद व्यवस्थापनमा सोच्ने शैली बदल्नुपर्ने आवश्यकता, ‘टेन्टको चिन्ता होइन, नीति निर्माणमा केन्द्रित हुनुपर्छ’ : डा. उप्रेती

विपद व्यवस्थापनमा सोच्ने शैली बदल्नुपर्ने आवश्यकता, ‘टेन्टको चिन्ता होइन, नीति निर्माणमा केन्द्रित हुनुपर्छ’ : डा. उप्रे...

स्तनपानमा लगानी बढाउन डब्लुएचओको आह्वान, नेपालमा पनि लक्ष्य पूरा गर्न चुनौती

स्तनपानमा लगानी बढाउन डब्लुएचओको आह्वान, नेपालमा पनि लक्ष्य पूरा गर्न चुनौती

स्तनपानमा लगानी बढाउन डब्लुएचओको आह्वान, नेपालमा पनि लक्ष्य पूरा गर्न चुनौती...

भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने

भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने

भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने...

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस...

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्