यूनेस्को ले यूएन वाटरको तर्फबाट सार्वजनिक गरेको “विश्व जल विकास प्रतिवेदन २०२६” अनुसार जल सुरक्षा क्षेत्रमा प्रगति भए पनि महिलाहरू र बालिकाहरू अझै असमान रूपमा प्रभावित भइरहेका छन्।
नयाँ वर्ष २०८३ को अवसर पारेर भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘३३ पोखरी परिक्रमा’ कार्यक्रम आयोजना हुने भएको छ। “नयाँ नेतासँग पानी गफ” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम बैशाख १ गते सञ्चालन गरिने आयोजक भक्तपुर टुर्स रिसर्च सेन्टरले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशका विभिन्न स्थानमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिन र रात दुबै समयमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ।
बालबालिकाहरुमा अत्याधिक मोवाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्धन गर्न यस्तो कार्यक्रम ल्याएकाे काठमाडौं महानगरपालिकाले जनाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई आज एक समारोहमा निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
बाल संरक्षण प्रणालीलाई सुदृढ पार्ने र बाल श्रम न्यूनीकरणका लागि स्थानीय सरकारहरूबीच समन्वय बढाउन विशेष जोड दिइएको छ।