गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनलाई लक्षित गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना आम नागरिकको सुरक्षा हुनेगरी बनाउन निर्देशन दिएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शितल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पाैडेलकाे कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा (१) बमाेजिम प्रतिनिधिसभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरिएकाे हाे ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ क्षेत्रबाट बंगलादेश घर भई हाल सोही क्षेत्रमा बस्दै आएका २९ वर्षीय एमडी शेहाबुल इस्लामलाई पक्राउ गरिएको हो। उनलाई अवैध रुपमा क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिला अधिकारकर्मीहरूलाई खबरदारीका लागि आह्वान गरेकी छन्।
नवनिर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ।