११ कार्तिक २०८३, बुधबार

'आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरू


अ
अ+
अ-

काठमाडौं, फागुन २७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा ‘आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार सुरू भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो रहेको तथा हिमवत्खण्डदेखि नै दुई देशबिच भाइचाराको सम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने बताए ।
भारतीय कलाकार एवं प्रदर्शनीका क्युरेटर मनाेज भि दिल्लीले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबिच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषयहरू मिल्दाजुल्दा भएकाले कार्यक्रम प्रभावकारी भएको बताए ।
यसै गरी, कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस किसिमका प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले प्रदर्शनी कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताएका थिए ।
नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्