२९ जेठ २०८३, शुक्रबार

बंगलादेशी राजदूतद्वारा कूटनीतिक समुदायको सम्मानमा इफ्तार–डिनर आयोजना


अ+
अ-

काठमाडौं, फागुन २७ । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले काठमाडौँस्थित कूटनीतिक समुदायका प्रमुख तथा सदस्यहरूको सम्मानमा इफ्तार–डिनर आयोजना गरेका छन्।

हिजाे काठमाडौँको एक होटलमा आयोजित उक्त कार्यक्रममा विभिन्न देशका राजदूत, कूटनीतिक प्रतिनिधि, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका प्रतिनिधि, साथै नेपाल सरकारका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा अन्य विशिष्ट अतिथिहरू सहभागी भएका थिए।

कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै राजदूत रहमानले पवित्र रमजान महिनाको शुभकामना व्यक्त गर्दै यसको आत्मिक सन्देश र शिक्षाबारे उल्लेख गरे। उनले रमजानले सहिष्णुता, सहकार्य, संयम र मानवताको भावनालाई बलियो बनाउने अवसर प्रदान गर्ने बताए।

राजदूत रहमानले बंगलादेश र नेपालबीच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने बंगलादेशको प्रतिबद्धता दोहोर्‍याए।
त्यस अवसरमा उनले हालै सम्पन्न नेपालका प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सफल भएको भन्दै नेपाली जनतालाई बधाई पनि दिए। उनले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण कोसेढुंगा भएको उल्लेख गर्दै परिवर्तनप्रतिको नेपाली जनताको आकांक्षा र धैर्यताको प्रशंसा गरे। साथै उनले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताए।

राजदूत रहमानले बंगलादेशको लोकतान्त्रिक सुधारको यात्राबारे पनि चर्चा गर्दै हालको सरकारले लोकतान्त्रिक सुधारलाई अघि बढाउने र विभेदरहित, भ्रष्टाचारमुक्त तथा समृद्ध बंगलादेश निर्माण गर्ने लक्ष्य लिएको बताए। उनले प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा देशलाई त्यस दिशातर्फ अघि बढाइँदै गरेको उल्लेख गरे।

कार्यक्रममा १८ वटा दूतावासका कूटनीतिक प्रमुखहरू तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा जर्मनी, फ्रान्स, पाकिस्तान, श्रीलंका, साउदी अरेबिया, कतार, फिनल्यान्ड, जापान, इजिप्ट र म्यानमारका राजदूतहरू, अमेरिका, मलेसिया र रुसी महासंघका कार्यवाहक राजदूत (सीडीए), भारत र बेलायतका डेपुटी चिफ अफ मिसन लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का प्रमुख पनि कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको समापन इफ्तारपछि आयोजित रात्रिभोजसँगै गरिएको थियो। रात्रिभोजमा अन्तर्राष्ट्रिय परिकारका साथै बंगलादेशी समुद्री परिकारको स्वादसमेत अतिथिहरूलाई प्रस्तुत गरिएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्