११ कार्तिक २०८३, बुधबार

कवि एवं पत्रकार सुरेश किरणको निधन


अ
अ+
अ-

काठमाडौँ, असार २६ । नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

कवि एवं पत्रकार मानन्धरलाई हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । अस्पताल लगिएको केही समयमै चिकित्सकले निधन भएको घोषणा गरेका थिए । उनी भाषा आयोगका सदस्य पनि हुन् । 

पञ्चायतकालीन समयमा नेपाल भाषाको साहित्य क्षेत्रमा सक्रीय उनी पछि इनाप साप्ताहिकमार्फत् पत्रकारिता क्षेत्रमा सक्रीय हुन थालेका हुन् । विश्वभूमि दैनिक, सन्ध्याटाइम्स दैनिक तथा नेपालभाषा देनिकको सम्पादक भई नेपालभाषाको पत्रकारितामा लामो समय सेवा गरेका छन् । 

नेपाल भाषा र नेवार संस्कृतिबारे लामो समयदेखि लेख्दै आएका छन् । व्यङ्ग्य लेखकका रुपमा पनि चर्चित उनी नेपाल भाषाका आधुनिक कविका रुपमा स्थापित छन् । उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् ।

विभिन्न साहित्यिक तथा भाषिक संघसंस्थासँग आवद्ध रहेका कवि एवं पत्रकार मानन्धरको निधनमा गहिरो शोक व्यक्त गर्दै नेपालभाषा मंकाः खलःले मंगलवार एक शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । यसै गरी श्रद्धाञ्जली व्यक्त गर्नका लागि उनको पार्थिव शरीरलाई बुधबार विजेश्वरीस्थित नेपालभाषा मंकाः खलःको भवनमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखी शवयात्रा शोभा भगवती, ढल्को, छत्रपाटी, त्यंगः, थायमरु, असं, बालकुमारी, जनबहाः, किलागल, न्यत, त्यंगः, कुलांभुलु, ताम्सीपाखा हुँदै इन्दायणी दिपमा अन्त्येष्टि कृया सम्पन्न गरिने छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्