२९ जेठ २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्रीकाे बधाई तथा बालेनकाे धन्यवाद आदानप्रदान


अ+
अ-

काठमाडौं, फागुन २६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन संवादमार्फत हिजो बधाई दिए ।

मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले लामिछाने र शाहसँग “न्यानो टेलिफोन संवाद” गरेको उल्लेख गर्दै उनीहरूलाई व्यक्तिगत विजय तथा रास्वपाले निर्वाचनमा हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएको बताएका थिए। उनले नेपालमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताएका थिए।

मोदीले नेपाल–भारत सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए।
यसैबीच, मोदीको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै आज बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउँदै सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
शाहले सन्देशमा नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै दुवै देशको सहकार्यलाई आगामी दिनमा थप परिणाममुखी बनाउने अपेक्षा पनि राखेका छन्। साथै उनले भारतले लगातार दुई पटक विश्वकप उपाधि जितेको सफलताका लागि भारत सरकार र भारतीय जनतालाई समेत बधाई दिएका छन्।

रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूबाट बधाई सन्देश आउने क्रम जारी छ। मोदीको बधाई सन्देश र त्यसप्रति शाहको प्रतिक्रिया नेपाल–भारत सम्बन्धको सन्दर्भमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्