हुम्लामा रोपिएको टासी ल्हान्जाेमकाे आशा
काठमाडौं, फागुन २४ । देशका ७७ जिल्लामध्ये सबैभन्दा बिकट जिल्ला हुम्लामा चुनावी इतिहासमै पहिलो पटक लिमिबाट एक महिला उम्मेदवारले प्रत्यक्ष चुनाव लडिन्, त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर। यद्यपि उनी निर्वाचित हुन भने सकिनन्, तर उनको यो यात्राले भने हुम्लामा राजनीतिक बहसको नयाँ ढोका खोलिदिएको छ।
जिल्लाभरकाे एउटै क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरि नेपाली कांग्रेसका जय पती राेकायाले ८हजार सात सय ९७ मतसहित निर्वाचित भएपनि उनी चुनावमा आफ्नो सहभागितालाई जीवनकाे पहिलाे जीत मान्छिन् । उनी चुनावपछि फेसबुकका खुल्छिन्-
"म यसलाई हार मान्दिनँ। मेरो लागि यो हार होइन, यो नै मेरो पहिलो जित हो। किनकि आज म चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएकी छु।"
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी ल्हान्जाेमकाे लागि यो चुनावी यात्रा सजिलो थिएन। भौगोलिक कठिनाइ, सीमित स्रोतसाधन र पुरानो राजनीतिक संरचनाको बीचमा पनि उनले आफ्नो अभियानलाई निरन्तरता दिइन्। चुनावी परिणामले उनलाई जित दिलाउन नसके पनि, हुम्लाका जनतासम्म पुग्ने अठोट भने उनले गुमाइनन्।
हुम्लाका ७ वटै पालिकाबाट आएको मतलाई उनले सम्मानको रूपमा लिएकी छन्। विशेष गरी नाम्खा पालिकाले देखाएको माया र विश्वासप्रति उनले आभार व्यक्त गरेकी छन्।
चुनाव हारे पनि आफूले हुम्लाको राजनीति, यहाँको बेथिति र जनताको वास्तविक अवस्था नजिकबाट बुझ्ने ठूलो अवसर पाएको उनले बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा पुगेकोप्रति खुसी व्यक्त गर्दै उनले अब सुशासनका लागि काम गर्ने, भ्रष्टाचारका हरेक मुद्दा खोतल्ने र प्रणाली सुधार गर्ने दायित्व अझ बढेको बताइन्। उनले हुम्लाको आवाज संसद्मा मात्र नभई सडकदेखि गाउँसम्म निरन्तर उठिरहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
यसअघि जेन्जी आन्दोलनपछि बनेकाे सरकारमा जान नाम आएर पनि नेपाली नागरिक नभएको भन्दै प्रशासनिक झमेला खेपेकी तासीले चुनावी अभियानका क्रममा भने जनताको मन जित्न सफल भइन्।आैपचारिक रूपमा चुनावमा जित नभए पनि, उनको यो राजनीतिक यात्राले हुम्लामा एउटा नयाँ बहसको सुरुवात गरेको छ – बिना संगठन र स्रोत पनि जनताको मनमा ठाउँ बनाउन सकिन्छ भन्ने सन्देश।
हुम्ला जनताले १०६४ मत दिएर चाैथाे स्थान हासिल गरेकी टासी स्थानीयले माया देखाएको भन्दै उनले देश तथा विदेशबाट साथ, सहयोग र माया दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिएकी छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment