१२ भदौ २०८३, शनिबार

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा


अ+
अ-

काठमाडौं, भदाै १३ ।  सरकारले रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तहलाई एक महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल–चीन सीमावर्ती क्षेत्रमा भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।
नेपाल राजपत्रमा २०८३ भदौ ११ गते प्रकाशित सूचनाअनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुने स्थानीय तहहरूमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका स्थानीय तह छन्।
रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका तथा धादिङका गङ्गाजमुना, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालाई पनि उक्त सूचीमा राखिएको छ।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।
गृह मन्त्रालयका अनुसार उक्त घोषणा राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि लागू हुनेछ।
सूचनामा नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठको आदेशबाट उक्त निर्णय कार्यान्वयन गरिएको उल्लेख छ।

फाेटाे: सुरज गाैतम

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters

मेगु पोस्त: admin

छिं लेखकाः मेगु लेख
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्